सरकारलाई हर्कको आग्रहः ‘थोत्रे गाग्री’लाई संग्रहालयमा राख्नु

काठमाडौं ।धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सरकारलाई आफूले धरानबाट काठमाण्डू ल्याएको पुरानो गाग्रीलाई संग्रहालयमा राख्न सुझाव दिएका छन ।

मेयर साम्पाङले आज बुधवार फेसबुकमा एक स्टाटस लेख्दै त्यो गाग्रीले करोडौँ नेपालीले बोल्न नसकेको बोली बोलेको भन्दै संग्रहालयमा राख्न सरकारलाई आग्रह गरेका हुन ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

मेयर साम्पाङले लेखेका छन, ‘करोडौँ नेपालीहरूले बोल्न नसकेको बोली बोल्ने त्यो महान् थोत्रे गाग्रीलाई सलाम छ, संग्रहालयमा राख्नु सम्हालेर त्यसलाई ’ साम्पाङ मङ्गलवार धरानका लागि खानेपानी आयोजनामा बजेट माग्दै थोत्रो गाग्री ल्याएर काठमाण्डू पुगेका थिए ।

त्यहीँ गाग्री लगेर खानेपानी मन्त्री प्रदीप यादवलाई भेट्न सिंहदरबार जाँदा सिंहदरबारको दक्षिण गेटबाट उक्त गाग्री प्रहरी खोसेर लगेको थियो। त्यसपछि गाग्री नलगेरै उनले मन्त्री यादवसँग भेटेका थिए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीको बचत ठगी आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक अभियोग दर्ता भएको छ ।लामिछानेसहित छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र यसअघिको मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *