काठमाडौं । प्रतिपक्षी दलहरूले संसद अधिवेशन बोलाउन सरकारलाई दबाब दिने निर्णय गरेका छन् । आज बिहान सिंहदरवारमा बसेको विपक्षी दलहरूको बैठकले संयुक्त वक्तव्य निकालेर संसद अधिवेशन बोलाउन सरकारलाई दबाब दिने निर्णय गरेको हो ।
बैठकमा माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी, राप्रपा, आमजनता पार्टी, नेसपासहित विपक्षी दलका नेता सहभागी थिए ।
बैठकको निर्णयबारे संयुक्त विज्ञप्ति जारी हुने बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले जानकारी दिए ।