यो सरकार आफैँ ढल्छ, हामीले बल गर्नै पर्दैनः प्रचण्ड

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार आफैँ ढल्ने दाबी गरेका छन ।

आज (मंगलबार) सिन्धुपाल्चोकको सुकुटेमा प्रेस सेन्टर नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले ओली नेतृत्वको सरकार अप्राकृतिक, अपारदर्शी र असंवैधानिक भनेर आफूले आलोचना गर्दै आएको दोहोर्याए । उनले आफू नेतृत्वको सरकारले भ्रष्टाचार नियन्त्रण तथा सुशासनको काममा लागिरहेका बेला भ्रष्टाचारीलाई बचाउन रातारात सदनका दुई ठुला दल मिलेर सरकार गठन गरिएको पनि बताएका छन ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

उनले भने, ‘भ्रष्टाचारीलाई बचाउने उद्देश्यका साथ नै सदनभित्रका पहिलो र दोस्रो पार्टीहरू मिलेर सरकार बनाएका हुन् ‘प्राय पहिलो र दोस्रो ठुलो दल सरकार बनाउने कुरामा लोकतन्त्रमा मिल्दैनन् । मिल्न हुँदैन यदि लोकतन्त्रलाई सुदृढ बनाउने हो भने ।’ उनले लोकतन्त्रमा पहिलो दलले सरकार बनाउने र दोस्रोले खबरदारी गर्नुपर्ने पनि बताएका छन ।

अध्यक्ष प्रचण्डले वर्तमान सरकार गठनका क्रममा राष्ट्रपति रामचन्द्र पौडेललाई ठुलो दबाब परेको पनि बताएका छन । ‘अन्तिम समयसम्म संविधानको उपधारा ३ मा सरकार बनाउन तयार हुनुहुन्थ्यो राष्ट्रपतिजी, तर राष्ट्रपतिमाथि यस्तो दबाब दिइयो कि निकै ठुलो धर्मसंकटमा परियो । त्यसो भएपछि उहाँले थाहा पाएरै’, प्रचण्डले भने, ‘तर हामी तुरुन्तै यो सरकार गिराउने र सरकारमा जाने भनेका छैनौँ ।’

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

सरकारबाट हटेर जनतामा जान पाउँदा आफूलाई रिल्याक्स महसुस भएको पनि प्रचण्डले बताए । विद्युत प्राधिकरणका एमडी हटाउने, संवैधानिक आयोगमा उपसभामुख हटाउन हस्ताक्षर गर्ने, बाढी पहिरोमा जनतालाई राहत दिन नसक्ने तथा सदनबाट बनाउनुपर्ने कानुन अध्यादेशबाट अघि बढाएर सरकारले कुबाटो रोजेको बताए ।

‘सदन बोलाउन ढिलो गर्ने र अध्यादेशबाट शासन सत्ता चलाउन खोजिरहेको छ सरकार । सदनबाट सजिँदै पास गर्न सक्ने विधेयकहरू अध्यादेशको बाटो किन हिँडनुपर्यो भन्दा नियत नै खराब छ । सरकारसँग दुई तिहाइ बहुमत भएपनि फेस गर्ने साहस छैन’, प्रचण्डको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *