>

सिड्नीमा नेपाल झल्कने तस्बिर प्रदर्शनी

अष्ट्रेलियाको सिड्नीमा नेपाल झल्कने तस्बिर प्रदर्शनी गरिएको छ । अष्ट्रेलिया नेपाल न्यूजको ११औं वार्षिकोत्सवका अवसरमा मनघरी फाउन्डेसनले फोटोग्राफर भरतबन्धु थापाले खिचेको तस्बिर प्रदर्शनी गरिएको हो ।

अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवको प्रमुख आतिथ्यमा भएको प्रदर्शनीमा नेपालको सातै प्रदेश समेटिने २२ तस्बिर राखिएका थिए । सो अवसरमा राजदूत यादवले नेपालको विकासका लागि पर्यटन प्रवर्द्धनमा जोड दिन यस्तो तस्बिर प्रदर्शनीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन । उनले विदेशमा रहेका सबैले नेपालको प्रवर्द्धनमा जोड दिनुपर्ने जनाउनुहुँदै विदेशमा रहेका नेपालीहरूलाई समय मिलाएर पटक–पटक सपरिवार नेपाल घुम्न पनि जोड दिइन ।

न्यू साउथ वेल्स (एनएसडब्लु)का वाणिज्यदूत सञ्जीव शर्माले नेपालको विविधतापूर्ण परिदृश्य र सांस्कृतिक सम्पदा तथा नेपाली मुहारलाई जीवन्त रूपमा चित्रण गरेकामा फोटोग्राफर थापाप्रति आभार व्यक्त गरे । उनले आफ्नो कार्यकालमा नेपालको पर्यटन प्रवर्द्धनमा विशेष जोड दिने बताए ।

सो अवसरमा राजदूत यादव र वाणिज्यदूत शर्मालाई फोटोग्राफर थापाले नेपाल झल्कने किताबसमेत प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *