>

माओवादीसँग एकता वार्तामा माधव नेपाल र विप्लव

सुर्खेत । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासँग पार्टी एकताका लागि छलफल भइरहेको बताएका छन् ।

मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपाका महासचिव चन्दसँग कुराकानी भइहरेको जानारी दिए ।

पार्टी एकताकै लागि समाजवादी मोर्चा गठन गरिएको उनको भनाइ थियो । ‘पार्टी एकताका लागि नै समाजवादी मोर्चा बनेको हो’, उनले भने, ‘मोर्चाभित्र विश्वासको वातावरण बनाएर पार्टी एकतामा जाने योजना छ ।’फरक प्रसंगमा उनले सरकार सत्तापक्षका भष्टाचारीहरुलाई बचाउने काममा लागेको आरोप लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *