>

बालेनले भने– ‘कुकर्म गर्नेहरूको समय आउनेछ’

काठमाडौं । लुम्बिनी प्रदेश सभाकी सांसद रेखाकुमारी शर्माविरुद्ध सरकारी वकिलले मुद्दा नचलाउने तयारी गरेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पीडित नाबालिगलाई ढाडस दिँदै माफी मागेका छन् ।

६ वर्षदेखि नाबालिगलाई घरमा कामदार बनाएर बालबालिका विरुद्धको कसुर गरेको आरोपमा सांसद शर्मालाई उन्मुक्ति दिने सरकारको निर्णयपछि प्रतिक्रिया दिँदै मेयर शाह लेख्छन्, “सरी नानु, तिम्रा पिडकका विरूद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले । नआत्तिनु । समय आउनेछ ।”

उनले थपे, “यस्तै विभेद, अपराध मास्न अनि ती कुकर्म गर्नेहरूलाई तहलगाउन तिमी र तिमी जस्तै धेरै नानीबाबुले पढ्न पर्छ । समाज बुझ्नपर्छ ।”

एमालेकी प्रदेश सांसद शर्मालाई मुद्दा चलाउन नपर्ने राय सहित जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा तयार भएको फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको छ ।

सांसद शर्माको घरमा काम गरिरहेकी एक नाबालिकाले आफूमाथि कुटपिट हुने गरेको बताएकी थिइन् । नाबालिगको अवस्था दयनीय भेटिएपछि महानगरपालिकाको कार्यदलले तत्काल ती बालिकाको उद्दार गरी संरक्षण गृहमा राखेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *