>

दिल्लीमा २७ वर्षपछि भाजपा सत्तामा

भारतको दिल्ली बिधान सभा निर्वाचनमा भारतीय जनता पार्टी(भाजपा) लाई बहुमत प्राप्त भएको छ । यो बहुमत प्राप्तसँगै २७ वर्षपछि भाजपा दिल्लीको सत्तामा फर्किएको छ । गत बुधवार दिल्ली विधानसभाको निर्वाचन भएको थियो । पछिल्लो समय लगातार दिल्लीमा अरबिन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी (आप) को शासन रहेको थियो । बुधवार सम्पन्न निर्वाचनको मतगणना आज शनिवार भएको थियो । जसमा बहुमत सिटमा भाजपा विजयी भएको हो । अब उसको नेतृत्वमा सरकार बन्नेछ ।

७० सिट रहेको दिल्ली विधान सभामा बहुमतका लागि ३६ सीट चाहिन्छ । भाजपाले त्यो भन्दा धेरै ४८ सिटमा विजय प्राप्त गरेको छ । उता आम आदमीले २२ सिट हात पार्ने देखिएको छ । २१ सिट जित हात पारेको आम आदमी एक सिटका अगाडि छ । भारतीय कांग्रेस पाटीले भने कही पनि जित्न सकेन ।

यो निर्वाचनमा आम आदमीका धेरै ठूला नेताले चुनाव हारेका छन् । नयाँ दिल्लीबाट अरविन्द केजरीवाल पराजित भएका छन् ।नयाँ दिल्लीबाट केजरीवाल पराजित हुँदा मनिष सिसोदिया जंगपुरा सिटबाट हारेका छन् । त्यसैगरीसौरभ भारद्वाज ग्रेटर कैलाश सिटबाट पराजित भएका छन् ।राजेन्द्र नगर सिटबाट दुर्गेश पाठक पराजित भए। शकुर बस्ती सिटबाट सतेन्द्र जैन पराजित भए भने सोमनाथ भारती मालवीय नगर सीटबाट हारेका छन् । तीनपटक दिल्लीको मुख्यमन्त्री बनेका केजरीवाललाई भारतीय जनता पार्टीका प्रवेश बर्माले पराजित गरेका हुन् । केजरीवाल ४ हजार ८९ मतले पराजित भएका हुन् ।

तर कालकाजी सिटबाट आम आदमी पार्टीकी हालकी दिल्लीकी मुख्यमन्त्री अतिशी विजयी भएकी छन् । आम आदमी पार्टीले सन् २०१३, २०१५ र २०२० मा दिल्लीमा सरकार बनायो र अरविन्द केजरीवाल मुख्यमन्त्री बनेका थिए । आम आदमीको उदयलाई धेरैले आश्चर्य मानेका थिए ।

अतिशी सेप्टेम्बर २०२४ देखि दिल्लीको मुख्यमन्त्री रहेकी छिन् । यसअघि सन् १९९८, २००३ र २००८ मा कांग्रेसले दिल्ली विधान सभामा जितेको थियो र शीला दीक्षित मुख्यमन्त्री बनेकी थिइन् । सन् १९९३ मा पहिलो पटक दिल्लीमा भाजपा विजयी भएको थियो ।

तीन करोडभन्दा बढी जनसङ्ख्या भएको विशाल महानगर दिल्लीमा विगत एक दशकको अधिकांश समय ‘करिस्मेटिक’ अरविन्द केजरीवाल र उनको आम आदमी पार्टी (आप) को शासन रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *