काठमाडौं । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेपाल र नेदरल्याण्ड्स भिड्दै छन् ।
खेल कीर्तिपुरको त्रि.वि. क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरू हुनेछ । बिहीबार भएको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्स सँग २० रनले पराजित भयो । त्रिदेशीय टी–२० श्रृखलामा नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड छन् ।
नेपालले आज आफ्नो तेस्रो खेल खेल्न लागेको हो । शृङ्खलामा बिहीवार भएको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्स सँग २० रनले पराजित भएको थियो । त्यस्तै, शनिबार थाइल्याण्ड सँग नेपाल चार विकेटले पराजित भयो ।
थाइल्याण्डले एक खेलमा नेदरल्यान्ड्सलाई आठ विकेटले हराएको थियो । प्रतियोगितामा सोमबार नेदरल्यान्ड्स र थाइल्याण्ड बीच खेल हुनेछ । लिग चरणको अङ्क तालिकामा शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।