>

ठगहरू भएको समाजमा इमान्दार ढंगले जान्छुभन्दा निराश बनाउँछन्ः भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले राजनीति समाजका समस्या समाधान गर्ने साधन भएको बताएका छन् ।

पार्टीको प्रथम महाधिवेशन उद्घाटन सत्रमा आइतबार बोल्दै अध्यक्ष भट्टराईले वैकल्पिक राजनीतिक शक्तिहरूको बीचमा नै विमर्श हुनुपर्नेमा जोड दिए ।

‘बेइमान र ठगहरूको बिगबिगी भएको समाजमा सोझो इमान्दार र सरल ढंगले जान्छु भन्ने सोच्नुभयो भने तपाईंलाई निराश बनाइहाल्छन् । राजनीति भनेको ठिक र बेठिकको बीचको निरन्तर द्वन्द्व हो,’ उनले भने, ‘एउटा सत्तामुखी राजनीति, ढाँट, छल, तिक्डम, जालझेल, गरेर जसरी हुन्छ, चुनाव जित्ने, सत्तामा जाने, राज्यको दोहन गर्ने भन्ने छ । त्यो पुरानो राजनीति हो ।’

उनले वैकल्पिक राजनीति भनेको रूपान्तरणकारी राजनीति भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *