>

एमाले महासचिव पोखरेल बेलायत प्रस्थान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेल आज बेलायत प्रस्थान गर्नुभएको छ ।

अन्तरराष्ट्रिय नेपाली मञ्चको बेलायतको अधिवेशनमा सहभागी हुन उहाँ एमालेका पोलिटब्यूरो सदस्य सुजिता शाक्यसहित प्रस्थान गर्नुभएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

बेलायतमा रहँदा महासचिव पोखरेलले त्यहाँका नेपाली समुदायसँगै विभिन्न कूटनीतिज्ञसँग भेटवार्ता गर्ने कार्यक्रम रहेका एमाले केन्द्रीय सदस्य एवं यूरोप–अमेरिका इन्चार्ज घनश्याम पाण्डेले जानकारी दिनुभयो ।

महासचिव पोखरेल बेलायतपछि कतारमा आयोजना हुने एमाले पार्टीका प्रवास कमिटीका विभिन्न कार्यक्रममा सहभागी हुने जनाइएको छ । महासचिव पोखरेल आगामी असार ८ गते स्वदेश फर्कने कार्यतालिका रहेको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *