>

पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएपछि अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाद्वारा असहमति प्रकट

काठमाडौं । समाचार लेखेकै कारण सुजित केसी र दिल भूषण पाठकलाई पक्राउ पुर्जी जारी भएपछि अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले असहमति प्रकट गरेको छ ।

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले प्रेस विज्ञप्ति जारी गर्दै लेख, रचना, समाचार, विचार प्रकाशनमा प्रतिबन्ध लगाउने र प्रेसलाई अंकुश लगाउने त्यस्तो कुनै व्यवस्था नेपालको संविधानमा नभएको बताएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

नेपालको संविधानको प्रस्तावनामा नै पूर्ण प्रेस स्वतन्त्रता, प्रेस स्वतन्त्रता र सञ्चारको हकको बारेमा स्पस्ट ब्यबस्था गरिएको भन्दै समाचार लेखेकै कारण पक्राउ पुर्जी जारी गरिनुमा महासङ्घको गम्भीर ध्यानाकर्षण भएको छ ।

‘प्रेस सँग सम्बन्धित कुरा हेर्ने निकाय प्रेस काउन्सिल हो। नियम कानुन अनुसार कोही पीडित भए सबैभन्दा पहिला जानु पर्ने र उपचार खोज्नु पर्ने प्रेस काउन्सिल मै हो त्यस पछि बल्ल अरू निकाय जाने संविधान र कानुन मै व्यवस्था गरिएको छ तर राज्य शक्ति दुरुपयोग गर्ने प्रहरी, हचुवाको भरमा आदेश दिने न्यायाधीश र अदालतको यस तर्फ गम्भीर ध्यानाकर्षण होस’ । विज्ञप्तिमा भनिएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले पत्रकार माथि भएका यी र यस्ता सबै घटनाहरू प्रति खेद प्रकट गरेको छ । प्रेस स्वतन्त्रता, प्रेसको हक हित सुनिश्चित गर्न सम्बन्धित सबै पक्षसँग आव्हान समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *