रसुवा । आजभन्दा २० वर्षसम्म हिमाली जिल्ला रसुवाको लाङटाङ क्षेत्रका घरका छानाहरु प्रायजसो हिउँले ढपक्क ढाकेको हुन्थ्यो । युवाहरु बिहान उठ्ने बित्तिकै घरको आँगनमा रहेका हिउँका मोतीजस्तै टल्किने कणहरुसँग खेल्दै सफा गर्न लाग्थे । तर, अब त्यो अनुभव एकादेशको कथा जस्तो भएको छ ।
आकाशमा बादल लाग्दा र एकैछिनको झरी पर्दा पनि हिउँ पर्ने स्थानमा अहिले जलवायु परिवर्तनका कारण हिउँ पर्नै छाडिसकेको छ । अहिले लाङटाङ राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रमा समेत हिउँ पर्ने कुनै ठेगान हुँदैन ।
जलवायु परिवर्तनको बढ्दो प्रभाव र विश्वतापमानमा भएको वृद्धिका कारण हिमालहरु संकटमा परेको अध्यक्ष तामाङको भनाइ छ । तापक्रम बढेकै कारण हिमालमा कहिले पहिरो जाने भन्ने ठेगान नहुने हुँदा होशियार भएर हिँड्नुपर्ने बाध्यता रहेको छ । हिउँ पर्न कम हुँदै जाँदा स्थानीयस्तरमा सञ्चालित होटल व्यवसायीहरु पनि प्रभावित भएका छन् ।
लाङटाङमा जलवायु परिवर्तनका प्रभावहरू भौगोलिक, आर्थिक, र सामाजिक सबै क्षेत्रमा देखिन थालेका छन् । हिमनदीहरू खुम्चिँदै गएका छन् भने पहिरो र अनियमित मौसमी घटना बढिरहेका छन् । हिमालको रेखामाथि सर्ने क्रमसँगै गाउँको व्यवसाय र युवा पलायल पनि बढ्दै गएको छ ।