>

अमेरिकी मौनताले रुसलाई थप आक्रमणका लागि उक्साएको जेलेन्स्कीको आरोप

रुसले युक्रेनमाथि पछिल्ला दिनमा गरेको आक्रमणमा अमेरिकी मौनताले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई थप उत्साहित बनाएको युक्रेनी राष्ट्रपति भोलिदिमिर जेलेन्स्कीले आरोप लगाउनु भएको छ ।

रुसी आक्रमणका विषयमा अमेरिकी नेतृत्वको प्रतिक्रिया नआउनु गम्भीर विषय भएको जेलेन्स्कीको भनाइ छ । मस्कोले युक्रेन माथि हालसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमण गरेको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

रुसले एकै रातमा युक्रेनमा ३ सय ६७ ड्रोन तथा मिसाइल आक्रमण गरेको हो । सन् २०२२ मा रुसले युक्रेन माथि आक्रमण गरेयताकै यो सबैभन्दा ठूलो हवाई हमला हो ।

युक्रेनी अधिकारीहरूका अनुसार रुसले २ सय ९८ ड्रोन र ६९ क्रुज तथा ब्यालिस्टिक मिसाइल प्रयोग गरिएका थिए । सो आक्रमणमा तीन बालबालिका सहित १२ जनाको मृत्यु भएको छ । घटनामा कयौं मानिस घाइते भएका छन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

रुसी आक्रमणबाट देशका २२ वटा स्थानहरूमा क्षति पुगेको र ३० भन्दा बढी शहर तथा गाउँहरूमा उद्धार कार्य जारी रहेको जेलेन्स्कीको भनाइ छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार ढिलो गरी प्रतिक्रिया दिंदै पुटिनको कामबाट आफू खुसी नभएको प्रतिक्रिया दिनुभएको छ । पुटिनले धेरै मानिस मारिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो । ट्रम्पको प्रतिक्रिया अस्पष्ट र ढिलो भएको भन्दै आलोचना भइरहेको छ ।

One thought on “अमेरिकी मौनताले रुसलाई थप आक्रमणका लागि उक्साएको जेलेन्स्कीको आरोप

Leave a Reply

Your email address will not be published. Required fields are marked *