>

ट्रम्प शरणार्थी योजना अन्तर्गत दक्षिण अफ्रिकी ५९ श्वेत नागरिक पुगे अमेरिका

अमेरिकामा शरणार्थी दर्जा पाउने ५९ जना दक्षिण अफ्रिकी अल्पसंख्यक गोरा नागरिक अमेरिका पुगेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विशेष योजना अनुसार उनीहरूलाई अमेरिका लगिएको हो । उनीहरु शरणार्थी दर्जामा अमेरिका भित्रिने पहिलो समूह हुन ।

वाशिंगटन डीसीनजिकैको डल्स विमानस्थल पुगेका यी गोरा दक्षिण अफ्रिकी समूहलाई अमेरिकी अधिकारीहरूले भव्य स्वागत गरेका हुन् । सामान्यतयाः अमेरिकामा शरणार्थी दर्ता प्रक्रिया महिनौँ वा वर्षौं लाग्ने भएपछि यो समूहलाई छिटो प्रक्रिया गरिएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

संयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सी (यूएनएचसीआर)ले सामान्य रूपमा हुने जाँचबुझमा उनीहरू संलग्न नभएको जनाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले उनीहरू दक्षिण अफ्रिकामा जातिगत भेदभावको शिकार भएको भन्दै शरणार्थी आवेदन प्रक्रिया छिटो गरिएको बताएका छन् । तर, दक्षिण अफ्रिकी सरकारले यसलाई खारेज गर्दै ती समूहलाई शरणार्थी दर्जाको योग्य हुने कुनै उत्पीडन नगरिएको बताएको छ ।

ट्रम्प प्रशासनले युद्ध भइरहेका क्षेत्रका मानिसले गरेको शरणार्थी आवेदन रोकेर दक्षिण अफ्रिकी अल्पसंख्यक गोरा नागरिकहरू अमेरिकामा द्रुत पक्रिया मार्फत शरणार्थीको दर्जा दिएर भित्राएको हो । मानव अधिकार संस्था ह्युमन राइट्स वाचले यसलाई निर्दयी जातिगत पक्षपात भनेर आलोचना गरेको छ । अमेरिकाले हजारौँ काला जातिका र अफगान शरणार्थीहरूलाई शरण दिन अस्वीकार गरेको आरोप लगाएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *