>

सुनचाँदी व्यवसायी तथा कालिगढको राष्ट्रिय भेला सम्पन्न

काठमाडौ । सुनचाँदी क्षेत्रले भोग्नु परेको समस्या र दिर्घकालिन समाधानलाई लिएर राष्ट्रिय भेला सम्पन्न भएको छ । नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समिति काठमाडौंको आयोजनामा ४५ भन्दा बढी जिल्लाका व्यवसायी तथा कालिगढहरुको प्रतिनिधिमूलक भेला १५१ सदस्यीय संघर्ष समिति निर्माण र ३५ सदस्यीय कार्यसमिति बनाउने निर्णय गरेको छ ।
वैंकहरुमा मार्फत पाँच सय ग्राम र एक किलो मात्र सुन किन्ने पाउने सिण्डिकेट प्रणाली रहेको अहिले करोडौ लगानी गरेर किन्न सक्ने अवस्था नभएको भन्दै यो प्रणाली हटाउनुपर्ने व्यवसायीहरुले माग गरेका छन् । पचास ग्राम,सय ग्राम सम्ममा वैंक मार्फत सुन खरिद गर्ने वातावरण वनाउनुपर्ने संघर्ष समितिका संयोजक विपिन रामुदामुले बताए ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष माणिकरत्न शाक्यको प्रमुख आतिथ्यम भएको कार्यक्रममा जिल्ला प्रदेशबाट प्रतिनिधिमूलक ढंगबाट करीव चार सय व्यवसायी तथा कालिगढहरुको सहभागीता रहेको थियो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *