>

अविरल वर्षापछिको बाढीले बीपी राजमार्ग पुन: अवरुद्ध

काभ्रे । काभ्रेको पनौतीमा हिजो परेको पानीका कारण नगर तथा आसपासका क्षेत्रहरू जलमग्न भएका छन । पनौती नगरपालिका वडा नम्बर ३, ४, ५, ६, ७, ८, ९ र १० मा र जिल्लाको रोशी र तेमाल गाउँपालिकामा बाढीको प्रभाव परेको छ।

पनौती सुब्बा गाउँकी २८ वर्षीया रेनुका गिरी वेपत्ता हुनुभएको छ। गिरीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीका अनुसार, असोजको बाढीले क्षतविक्षत बनाएका र अस्थायी रूपमा मर्मत गरिएको खानेपानी पाइपका प्रणालीमा पुनः क्षति पुगेको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

त्यस्तै, बाढीपछि निर्माण भैरहेको झण्डै ३ किलोमिटर लामो अस्थायी सडक पनि बगाएको छ। वर्षाले आलुलगायतका बालीमा पनि असर पुगेको छ । रोशी खोलामा पुनः बाढी आएपछि रोशी गाउँपालिका-६ स्थित सिपाली हुँदै महाभारत गाउँपालिका जाने सडकको ह्युम पाईप बगाएको छ। सो क्षेत्रमा गत असोजमा बगेको पुल अझैं निर्माण भइसकेको छैन भने हिजोको बाढीले थप क्षति पुगेको छ ।

वर्षाको प्रभावले बीपी राजमार्गसमेत अवरूद्ध भएको छ । सडकमा पहिरो जान सक्ने सम्भावना रहेकाले स्थानीय प्रशासनले सवारी साधन सावधानीपूर्वक चलाउन आग्रह गरेको छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

गत वर्ष असोज महिनाको बाढीले पनौतीमा मात्र २२ जनाको ज्यान लिएको थियो भने जिल्लाभर ७९ जनाको मृत्यु भएको थियो। अहिले पनि अवस्था गम्भीर बन्दै गएको छ।

स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेना उद्धार तथा राहत कार्यमा खटिएका छन। नागरिकहरूलाई जोखिमयुक्त स्थानमा नजान र आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *