आपसी द्वन्द्वबीच भारत र पाकिस्तानबीच आज वार्ता हुँदै छ । दुई साताअघि जम्मू कश्मीरको पहलगाममा भएको विद्रोही आक्रमणपछि युद्धमा उत्रिएका भारत र पाकिस्तानले तनावबीच शनिबार पूर्णतहको युद्धविराम घोषणा गरेका थिए ।
आपसी वार्ताबाट विवाद निरुपण गर्ने उद्देश्यसहित युद्धविराम गरेका दुई मुलुकबीच पूर्व निर्धारित तालिका अनुसार आज सोमबार वार्ता हुन लागेको हो । भारतीय विदेश मन्त्रालयले दिएको जानकारी अनुसार आज मध्याह्न दुई देशका सैन्य उच्चधिकारीसहितको वार्ता तय भएको छ । वार्ताको नेतृत्व भारतका सैन्य अपरेशन महानिर्देशक र पाकिस्तानका सैन्य अपरेशन महानिर्देशकले गर्ने बताइएको छ ।
भारत–पाकिस्तानबीच लामो समयदेखि जम्मू कश्मीर क्षेत्रको स्वामित्वलाई लिएर विवाद हुँदै आएको छ । यो पटक दोहोरो गोलाबारीमा उत्रिएका दुई देशलाई मानवीय क्षति हुने युद्धमा नजान विभिन्न मुलुकले आग्रह गरेका थिए ।