>

रवि लामिछानेले भने-‘गणतन्त्रवादीको कित्तामा उभिएर रास्वपाले फोटो खिचाउँदैन’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गणतन्त्रवादी दलहरूसँग फोटो खिचाउने पक्षमा आफ्नो दल नरहेको बताएका छन् ।

पार्टी केन्द्रीय समितिको बैठक अघि केन्द्रीय कार्यालय वनस्थलीमा बोल्ने क्रममा सभापति लामिछानेले गणतन्त्रवादी भन्ने दलहरूले गणतन्त्रको खोल मात्रै ओढेको आरोप लगाए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

‘जहाँ तपाईं उभिरहनु भएको छ । त्यो गणतन्त्र नभएर लुटतन्त्रको खोल ओडिरहनुभएको छ । रास्वपाले खोल ओड्दैन,’ लामिछानेले भने, ‘तपाईंको कर्तुत लुकाउन लागि तपाईंको कित्तामा उभिएर फोटो खिचाउने रहर रास्वपालाई छैन ।’

वर्तमान सरकारप्रति आक्रोशित सुनिएका लामिछानेले नेपाली काँग्रेस र नेकपा एमाले प्रति लक्षित गर्दै भने ‘दुइटा चोर मिलेर साधु हुँदैन ।’

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *