>

ललितपुरमा फाइलको झन्झट अन्त्य: एकद्वार सेवाले ल्यायो सहजता

ललितपुर । ललितपुर महानगरपालिकामा सेवाग्राहीले फाइल बोकेर कार्यालयका विभिन्न कोठा धाउने बाध्यता अन्त्य भएको छ। महानगरले सञ्चालन गरेको एकद्वार सेवा केन्द्रले सेवाग्राहीको झन्झट हटाएको छ।

अब फाइल बुझाएपछि त्यसको स्थिति मोबाइलमा सन्देशमार्फत जानकारी प्राप्त हुने भएकाले समयको बचत हुनुका साथै अनिश्चितता र दौडधुपबाट पनि मुक्ति मिलेको सेवाग्राहीहरू बताउँछन्।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

महानगरले फाइल अनलाइन दर्ता गरेपछि सिस्टमले सम्बन्धित निकायलाई जानकारी पठाउँछ। निवेदन कुन चरणमा छ भन्ने स्पष्ट जानकारी सेवाग्राहीलाई प्राप्त हुने भएकाले उनीहरू ढुक्क हुन सक्छन्। तत्कालै काम सकिने भए केही समय बस्न अनुरोध गरिन्छ, भने प्रक्रिया लामो हुने अवस्थामा सन्देशअनुसार पुनः आउन भनिन्छ। साथै, आवश्यक कागजात अपलोड गर्ने सुविधा पनि अनलाइनमै उपलब्ध छ।

यो सेवा सुरु भएको तीन महिनामा ४,६०० भन्दा बढी सेवाग्राहीले लाभ लिइसकेका छन्। यसले सेवाग्राहीलाई मात्र होइन, कार्यालयका कर्मचारीलाई पनि सहज बनाएको छ। कोठा-कोठामा भिडभाड कम हुँदा कर्मचारीलाई कार्यसम्पादनमा सहजता मिलेको छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

भुक्तानी प्रक्रिया पनि अनलाइनमार्फतै बैंक खातामा पठाइने भएकाले सेवा सहज हुनुका साथै पारदर्शिता पनि कायम भएको महानगरको दाबी छ। फाइल कारबाहीका सबै विवरण सिस्टममै देखिने भएकाले प्रक्रिया प्रभावकारी बनेको महानगरले जनाएको छ।

यसबाहेक, महानगरले फोहोर संकलनमा पनि एप्सको प्रयोग थालेको छ, जसले फोहोर उठाउने गाडीको लोकेसनसमेत देखाउने सुविधा उपलब्ध गराउँछ। ललितपुर महानगरको नेतृत्व चिरीबाबु महर्जनले सम्हालेका छन् भने प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सहसचिव रेखा दास श्रेष्ठले कुशलतापूर्वक निर्वाह गरिरहेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *