>

अब पार्टीभित्र अन्याय हुन दिन्न: शेखर कोइराला

दाङ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसका नेता तथा कार्यकर्ताहरु माथि अब अन्याय हुन नदिने प्रतिबद्धता जनाएका छन्। कांग्रेसको राप्ति स‍ोनारी गाउँपालिका सम्मेलनलाई आईतबार उदघाटन् गर्दै डा.कोइरालाले कांग्रेस कार्यकर्तालाई संरक्षण गर्ने जिम्मेवारी आफुले लिने बताएका हुन।

नेता डा.कोइरालाले भने –’ढुक्क भएर संगठन गर्नुस, समयमै सदस्यता नविकरण गराउनुस।’सबै तहका कांग्रेस कार्यकर्ताहरु पार्टीको विधान अनुसार अघि बढन निर्देशन समेत दिए। कोइरालाले भने ब्यक्ति बलियो होईन संस्था बलियो बनाउनु पर्ने धारणा राख्दै देश दौडाहमा रहेका नेता डा. कोइरालाले आगामी महाधिवेशन निर्धारित समयमै हुनुपर्ने समेत बताए।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

निरन्तर जिल्ला भ्रमणमा रहेका कांग्रेस नेता डा. कोइराला शनिबार नेपालगन्जमा आइपुगेका थिए। देश दौडाहमा रहेका नेता डा. कोइरालाले जिल्ला र प्रदेशमा समस्याको बुझ्दै समाधान गर्ने प्रतिबद्धता समेत जनाए। देश दौडाहमा रहेका नेता डा. कोइरालाले जिल्ला र प्रदेशमा समस्या बुझ्दै समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *