>

समयमै कांग्रेसको महाधिवेशन हुन्छः महामन्त्री गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको समयमै महाधिवेशन हुने महामन्त्री गगन थापाले बताएका छन् । उनले महाधिवेशन हुन्छ कि हुँदैन भनेर रुवाबासी नगर्न आग्रह गरेका छन्। मकवानपुरमा मंगलबार एउटा कार्यक्रममा थापाले भने, ‘प्रतिबन्धित कालमा त सम्हालिएर आएको पार्टीले समयमै महाधिवेशन गर्छ।’

पूर्वमहामन्त्री शशांक कोइरालाले पार्टीको महाधिवेशन आम निर्वाचितपछि गर्नुपर्ने धारणा राखेका बेला महामन्त्री थापाको यो भनाइ बाहिर आएको हो । उनले भने, ‘प्रतिबन्धित कालमा महाधिवेशन गरेको पार्टीले १५ औं महाधिवेशन समयमै गर्छ, ढुक्क हुनुहोस् ।’

महाधिवेशन पार्टीको नियमित प्रक्रिया भएको पनि उनले बताए। ‘को नेतृत्वमा आउने कुरा समयमा सोचौंला,’ उनले भने, ‘अहिले २०८१ मा छौं, काम गर्ने हो २०८४ को चुनावको चिन्ता गर्ने होइन,’ थापाले भने।

कांग्रेस नेपालको मुलशक्ति भएको पनि थापाले स्पष्ट पारे । ‘हाम्रो पार्टीभित्र बहस हुन्छ। अरू पार्टीमा जस्तो छलफल गरेकै आधारमा पार्टीबाट छाडेर पनि जानुपर्दैन,’ थापाले भने, ‘तर फराकिलो उद्देश्यसहित हामी अघि बढ्नुपर्छ, महाधिवेशन र चुनावकै कुरामात्र गर्न हुन्न।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *