>

यिनै हुन् ट्राफिक प्रहरीलाई अश्लिल गाली गर्ने गाउँपालिका अध्यक्ष

सुनसरी । सुनसरीको कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले ट्राफिक प्रहरीलाई गरेको अश्लिल गालीगलोज सामाजिक सञ्जालमा भाइरल भएको छ ।

क्षमताभन्दा बढी सामान लोड गरिएको सवारी साधनलाई चेकजाँच गरेको निहुँमा अन्सारीले ज्यान मार्ने धम्कीसहित ट्राफिक प्रहरीलाई अश्लिल गाली गरेका हुन् । ट्राफिक प्रहरीले घूस लिएको आरोप उनले लगाए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

अन्सारीले आफ्नो पालिकामा ट्राफिक प्रहरी नचाहिने भन्दै तत्काल छाडेर नगए मार्ने धक्की दिएपछि कोशी कटान क्षेत्रमा परिचालित ट्राफिक प्रहरीको युनिट हटेको छ ।

क्षमताभन्दा बढी सामान ओसारेका भेटिएपछि प्रहरीले एक ट्याक्टरलाई नियन्त्रणमा लिएको थियो । तर, उक्त ट्याक्टरको कागजपत्र भेटिएन । ट्याक्टर अध्यक्ष अन्सारीको भएको प्रहरीले जनाएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

ट्राफिक प्रहरीले ट्याक्टर रोकेपछि अन्सारीले दलबलसहित सोही स्थानमा आएर ट्राफिक प्रहरीलाई मुख छाडेका हुन् । अन्सारी ०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट पालिका अध्यक्ष निर्वाचित भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *