>

सुनकोशी गाउँपालिकाद्वारा ज्येष्ठ नागरिकलाई सम्मान

ओखलढुङ्गा । यहाँको सुनकोशी गाउँपालिकाले आइतबार सार्वजनिक सुनुवाइका साथै ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । पालिकास्तरीय सार्वजनिक सुनुवाई र ज्येष्ठ नागरिक, उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको हो ।

१० वटा वडा रहेको पालिकामा ८० वर्ष पुगेका ४८० ज्येष्ठ नागरिकलाई ब्ल्याङ्केट, इलेक्ट्रिक जग र थर्मस प्रदान गर्दै सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीले जानकारी दिए । त्यसैगरी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक विजेतालाई नगदसहित कदरपत्रले सम्मान गरिएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

स्वर्ण, रजत र कास्य पदक विजेतालाई क्रमश: नगद रु दुई हजार, एक हजार पाँच सय र एक हजार सहित सम्मान गरिएको हो । पालिकाबाट प्रतियोगितामा भाग लिई ३१ जनाले स्वर्ण, १२ जनाले रजत र तीन जनाले कास्य पदक प्राप्त गरेका थिए । दुई आर्थिक वर्षको एसइई परीक्षामा उत्कृष्ट जिपीए ल्याउने छात्रछात्रालाई नगदसहित कदरपत्रले सम्मान गरिएको छ । आर्थिक वर्ष २०७९/८० र आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ट जिपीए ल्याउने पाँच छात्रछात्रालाई नगद रु पाँच हजारसहित कदरपत्रले सम्मान गरिएको हो ।

एसइईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई पनि सम्मान गरिएको छ । तीन वटा विद्यालयले आर्थिक वर्ष २०८०/८१ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराएका थिए । सुनकोशी माध्यमिक विद्यालय बलखु गौडा, आरुभञ्ज्याङ माध्यमिक विद्यालय बलखु र पञ्चकन्या माध्यमिक विद्यालय सिस्नेरीले शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउन सफल भएका थिए । ती विद्यालयलाई नगद रु २० हजारसहित कदरपत्रले सम्मान गरिएको शिक्षा शाखा प्रमुख विवेक तामाङले जानकारी दिए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

शिक्षामा उच्च शैक्षिक गुणस्तर वृद्धि गर्न, विद्यालय र विद्यार्थीहरुको मनोबल उच्च पार्दै हौसला प्रदान गर्न सम्मान गरिएको पालिका अध्यक्ष कमल तामाङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *