काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा बेल्जियमका प्याट्रिक डे वाइल्डलाई नियुक्त गरेको छ । नवनियुक्त मुख्य प्रशिक्षक वाइल्डलाई अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले आज एन्फा कम्प्लेक्स सातदोबाटोमा नियुक्तिपत्र हस्तान्तरण गरेका छन् । ६१ बर्षिय वाइल्डले यसअघि सोमालिया, रुवाण्डाका टिमको प्रशिक्षक रहेका थिए भने नेपालमा नेपाल सुपर लिग टिम काठमाडौँ रेन्जर्सको समेत प्रशिक्षक रहेका थिए ।
राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा बेल्जियमका वाइल्ड नियुक्त
