काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा एक हजारले बढेर तोलाको एक लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि आइतबार सुन तोलाको एक लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ५ रुपैयाँले बढेर १९९० रुपैयाँमा कारोबार भइरहेको छ ।
https://shorturl.fm/f4TEQ