काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७.४४ अंकले बढेर २६९३ अंकमा पुगेको छ । दिनभरको कारोबारपछि बजार सकारात्मक रूपमा बन्द भएको हो । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि उल्लेख्य वृद्धि भएको छ ।
मंगलबार ६ अर्ब ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो भने बुधबार यो रकम ८ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।
कुल १४८ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने ९७ कम्पनीको मूल्य घटेको छ । दुई कम्पनीको मूल्य स्थिर रह्यो । बजारमा दोपहोरि समयसम्म मिलाजुला अवस्था देखिए पनि दिउँसो २:१० बजेपछि बजारले स्थायित्व लिएर उकालो लाग्न थालेको हो ।
बजार वृद्धिमा सबैभन्दा ठूलो योगदान बैंकिङ समूहको छ । समग्र नेप्से ०.६१ प्रतिशतले बढ्दा बैंकिङ क्षेत्र १.८८ प्रतिशतले उक्लिएको हो । यसबाहेक, विकास बैंक समूह १.२९ प्रतिशत, हाइड्रोपावर ०.८९ प्रतिशत, होटल तथा पर्यटन ०.८१ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.६५ प्रतिशत, फाइनान्स ०.१८ प्रतिशत र लगानी समूह ०.०३ प्रतिशतले बढेका छन् ।
जीवन बीमा, माइक्रोफाइनान्स, निर्जीवन बीमा र अन्य समूह भने हल्का ओरालो लागेका छन्। ती समूहमा क्रमशः ०.२४ प्रतिशत, ०.२६ प्रतिशत, ०.२६ प्रतिशत र ०.०६ प्रतिशतको गिरावट आएको छ ।
ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जी कम्पनीका सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएको छ, जुन दैनिक सर्किट लेभल हो । यस्तै, ग्रिन डेभलपमेन्ट बैंकको मूल्य ९.८५ प्रतिशत, भूगोल इनर्जीको ९.१५ प्रतिशत र अरुण काबेली पावरको ५.८९ प्रतिशतले बढेको छ ।
दोस्रोतर्फ, बाराही हाइड्रोपावरको मूल्य ५.२६ प्रतिशतले घटेको छ । जुन दिनको सबैभन्दा धेरै गिरावट हो । त्यस्तै, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स ५.१० प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्स ४.०८ प्रतिशत र दिव्यश्वरी हाइड्रोपावर ३.९१ प्रतिशतले घटेका छन् ।
कारोबार रकमको आधारमा हेर्दा, ङादी ग्रुप, राधि विद्युत्, युनिभर्सल पावर, बुटवल पावर र कुमारी बैंक दिनभरको कारोबारमा अग्रस्थानमा रहेका कम्पनीहरू हुन् ।
https://shorturl.fm/N6nl1
https://shorturl.fm/N6nl1
https://shorturl.fm/bODKa