>

विवाहेत्तर सम्बन्धका कारण युवकको हत्या, ६ जना पक्राउ

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, किसनपुरका अरविन्दकुमार पण्डितको हत्याका ६ जना आरोपितलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले सोमबार सार्वजनिक गरेको छ ।

पण्डितको एक बिवाहित महिलासँगको अवैध सन्वन्धका कारण हत्या भएको खुलेको प्रहरीले जनाएको छ । २८ वर्षीय पण्डितको विवाहेत्तर सम्वन्धका कारण हत्या भएको प्रहरीले जनाएको हो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

प्रहरीले हत्यामा संलग्न रहेका पण्डितको प्रेमीसहित छ जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा पण्डितको प्रेमीका रहेकी ईश्वरपुर नगरपालिका–६, चिरानटोलकी २५ वर्षीया नजिमा खातुन, नजिमाका श्रीमान मोस्तकिम अंसारीसहित ४३ वर्षीय मोहम्मद हुसेन मोमिन, ४० वर्षीय सुयब अंसारी, २५ वर्षीय कोनूर आलम अंसारी र सलाउद्दिन अंसारी रहेका छन् ।

पक्राउ परेका अभियुक्त सबै नजिमा खातुनका नातेदार हुन् । प्रहरीका अनुसार मृतक पण्डित र अभियुक्त नजिमा खातुनबिच लामो समयदेखि प्रेम सम्वन्ध रहेको थियो । पण्डित अविवाहित थिए भने नजिमा तीन सन्तानकी आमा हुन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

नजिमासहित परिवारका सदस्य र आफन्त मिलेर पण्डितको हत्या गर्ने योजना बुनेको अनुसंधानबाट खुलेको हो । बैशाख ३० गते पण्डितको शव हत्या गरेको अवस्थामा फेला परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *