>

‘अपरेशन सिन्दूर’को जवाफमा पाकिस्तानले शुरु गर्‍यो ‘बुनयान-उल-मरसूस’

एजेन्सी । पाकिस्तानी सेनाले भारतको ‘अपरेशन सिन्दूर’विरुद्ध जवाफी कारबाही शुरु गरेको जनाएको छ ।

भारतको आक्रमणको जवाफमा पाकिस्तानले आधिकारिक रूपमा ‘बुनयान–उल–मरसूस’ को नाममा जवाफी कारबाही शुुरु गरेको हो । पाकिस्तानले भारतको उधमपुर शहरस्थित एक वायुसेना बेस र पठानकोट स्थित एक एयरफिल्डलाई निशाना बनाएको उल्लेख गरेको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

पाकिस्तानी सुरक्षा स्रोतहरूले भारतको पञ्जाब राज्यको ब्यास शहरमा रहेको ब्रह्मोस मिसाइल भण्डारणस्थल पनि पाकिस्तानको हमलाबाट प्रभावित भएको जिकिर गरेको छ । यसैबीच, पाकिस्तानी सेनाका प्रवक्ता अहमद शरीफले एक टेलिभिजन सम्बोधन मार्फत भारतले पाकिस्तानका तीन वायुसेना अड्डाहरूमा मिसाइल आक्रमण गरे पनि सबै वायुसेना संरचनाहरू सुरक्षित रहेको जिकिर गरेका छन् ।

शरीफले भारतद्वारा प्रक्षेपित केही मिसाइलहरू अफगानिस्तान पुगेको उल्लेख गरेका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *