>

अरुण नदीमा जीप दुर्घटना हुँदा ३ जना गम्भीर घाइते

सङ्खुवासभा । संखुवासभाको सदरमुकाम खाँदबारीबाट धनकुटातर्फ जाँदै गरेको बोलेरो जीप अरुण नदीमा खस्दा ३ जना घाइते भएका छन् ।

दिउँसो करिब २ बजे धर्मदेवी नगरपालिका-८ सुर्तीबारीमा प्रदेश १ ०२ ००२ च ४१०३ नम्बरको गाडी दुर्घटना हुँदा चालक सहित तीन जना गम्भीर घाइते भएका छन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

बोलेर जीप दुर्घटना हुँदा खाँदबारी–९ का ४१ बर्षीय रमेश राई, मकालु गाउँपालिका–५ का २० बर्षीय चालक किरण गुरुङ र पैदलयात्री चैनपुर नगरपालिका–११ का ६६ बर्षीय ढोकरबहादुर पाण्डे घाइते भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

घाइते भएका तीनै जनाको उद्दार गरेर मनकामना सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरी उपरिक्षक बस्नेतले बताउनुभयो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

धर्मदेवी –८ स्थित सुर्तीबारीमा पैदलयात्रीलाई ठक्कर दिएर गाडी अनियन्त्रित भएर अरुण नदीमा खसेको थियो ।

दुर्घटना भएको जीप अरुण नदीमा डुबेको र झिक्न सक्ने अवस्था नरहेको प्रहरी उपरीक्षक बस्नेतले बताउनुभयो ।

अरुण नदीमा खसेको जीप निकाल्ने प्रयास भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *