>

आन्दोलनरत चिकित्सकहरूले आज स्वास्थ्य मन्त्रालय घेर्ने

काठमाडौं । निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरु आज देखि देशभरका स्वास्थ्य संस्था ठप्प पारेर आन्दोलनमा उत्रिने भएका छन् । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाल चिकित्सक संघले आजदेखि आन्दोलनको घोषणा गरेको हो । संघले आज देशभरका जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने जनाएको छ ।

पत्रकार सम्मेलनमा डा. तेजशु मल्लले काठमाडौं उपत्यकामा रहेका निजी मेडिकल कलेजमा कार्यरत चिकित्सकहरुले माईतीघर मण्डलमा जम्मा भइ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेर्ने बताए । उनले २८ दिनदेखि जारी चिकित्सकको आन्दोलन प्रति सरकार गैरजिम्मेवार र उदासिन भएको आरोप समेत लगाए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

संघले आन्दोलनका कारण सर्वसाधारणमा पर्न गएको असुविधा प्रति माफी माग्दै यसको सम्पूर्ण जिम्मेवार सरकार हुने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *