काठमाडौं, बैशाख १० । नेपाल प्रगतिशील प्राध्यापक संगठनको अध्यक्षमा पद्मप्रसाद खतिवडा सर्वसम्मत निर्वाचित भएका छन ।
काठमाडौंमा बुधवार सम्पन्न ११ औं राष्ट्रिय सम्मेलनबाट खतिवडा सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन ।
सम्मेलनले वरिष्ठ उपाध्यक्षमा मनोज विष्ट, उपाध्यक्षहरुमा नरेन्द्र कोइराला, भरत राई, तेज बिक्रम बस्नेत, रामजी पोखरेल, बलराम रायमाझी, तिलक भुसाल, नरेन्द्र सिवाकोटी र माया घिमिरेलाई चयन गरेको छ ।
यस्तै महासचिवमा सुमन खरेल, उपमहासचिवमा नन्दीकिशोर नेपाल, दिनेश पन्थी र देवराज आर्याललाई चयन गरेको सम्मेलनले सचिवमा सात प्रदेशबाट एकएक जनाको दरले सचिव चयन गरेको छ ।
जसअनुसार कोशीबाट होमबहादुर बस्नेत, मधेशबाट किशोर साह, बागमतीबाट छबि बराल, गण्डकीबाट श्रीकान्त खतिवडा, लुम्बिनीबाट भुवनेश्वर लामिछाने, कर्णालीबाट विष्णुकुमार खड्का र सुदुरपश्चिमबाट कृष्णसिंह साउद रहेका छन ।
यस्तै कोषाध्यक्षमा कृष्ण ओझा, सहकोषाध्यक्षमा चन्द्र बदना राई, लेखा आयोग अध्यक्षमा बिदुर नेपाल र सचिवमा केपी अर्याललाई चयन गरेको छ । यसैगरी अनुशासन आयोग अध्यक्षमा बाबुराम चापागाई र सचिवमा मिनप्रसाद अधिकारीलाई चयन गरेको छ ।