>

ऊर्जा राज्यमन्त्री तामाङले सोधे सचिवलाई स्पष्टीकरण

काठमाडौं । आफू प्रमुख अतिथि रहेको कार्यक्रममा नबसेको भन्दै ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले मन्त्रालयका सचिव सुरेश आचार्यलाई स्पष्टीकरण सोधेका छन् ।

गत चैत २५ मा ललितपुरको जावलाखेलस्थित सिंचाई विभागमा आयोजित सिँचाइ दिवस एवं ७२औँ वार्षिक उत्सव कार्यक्रम बहिस्कार गरेको भन्दै तामाङले सचिव आचार्यसँग २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

आचार्यले पदीय आचरणविपरीत कार्य गरेकाले किन कारबाही नगर्ने भन्ने प्रश्न तामाङको छ । ऊर्जामन्त्री दीपक खड्का प्रमुख अतिथि हुने तय भएको कार्यक्रममा सचिव आचार्य पनि उपस्थित थिए ।

तर, अन्तिम समयमा मन्त्री खड्का नआउने भएपछि राज्यमन्त्री तामाङलाई नै विभागले प्रमुख अतिथि बनाएको थियो । तामाङ प्रमुख अतिथि हुने कार्यक्रमको मञ्चमा आफू नबस्ने भन्दै आचार्य हिंडेका थिए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

कार्यक्रम सञ्चालकले आसनग्रहणका लागि पटकपटक बोलाउँदासमेत मञ्चमा नगएको तथा विभागका महानिर्देशक संजिव बराललेसमेत आसन ग्रहणका लागि आग्रह राज्यमन्त्री सहभागी कार्यक्रममा आफू नबस्ने तुच्छ अभिव्यक्ति दिएर सचिव आचार्य हिंडेको आरोप तामाङको छ ।

सचिव आचार्यले पदीय आचरणसमेत ख्याल गर्न नसकेको, पदीय आचरण र मर्यादाको धज्जी उडाएको भन्दै तामाङले सचिव आचार्यको व्यवहारले मन्त्रालयको प्रतिष्ठा र कार्यपद्धतिमा असर पुर्याएको आरोप राज्यमन्त्री तामाङले लगाएका छन् ।

। ‘राज्यमन्त्री सहभागी कार्यक्रम बहिष्कार गर्ने तपाईँलाई अनुशासनको कारबाही किन गर्नु नपर्ने ? तपाईँले कसको प्रभाव वा पूर्वाग्रही भावनाले विभागीय मन्त्रीको अपहेलना गर्ने उद्देश्यले कार्यक्रम बहिष्कार गर्नुभएको हो ?’, स्पष्टीकरण पत्रमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *