काठमाडौं । सरकारले आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुसँग अहिले वार्ता गरिरहेको छ । शिक्षा मन्त्रालयमा सरकारी प्रतिनिधि र शिक्षक महासंघका प्रतिनिधिबीच वार्ता भइरहेको छ ।
वार्तामा सरकारको तर्फबाट शिक्षामन्त्री विद्या भट्टराई सहितको टोली र शिक्षक महासंघबाट सह-अध्यक्ष नानुमायाँ पराजुली नेतृत्वको टोली सहभागी छ । शिक्षक महासंघले २० चैतदेखि काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आइरहेको छ ।
वार्ता, संवाद र आन्दोलन सँगसँगै अघि बढाउने भन्दै उनीहरूले माइतीघरदेखि बानेश्वरसम्मको सडक नै कब्जा गरेर आन्दोलन गरिरहेका छन् ।
शिक्षा ऐन जारी गर्न माग गर्दै आएका शिक्षकहरुले सरकारले पटक पटक वार्तामा वस्न आग्रह गरेपनि मानेका थिएनन् । तर यो पटक भने उनीहरु वार्तामा बसेका छन ।