>

तीनकुनेमा शंख फुकेर भिड उत्तेजित पार्ने मनोज सापकोटा पक्राउ

काठमाडौं । प्रहरीले गत १५ चैतमा काठमाडौंको तीनकुने क्षेत्रमा भएको राजावादी समुहको आन्दोलनमा प्रदर्शनकारीलाई उत्तेजित बनाउने कार्यमा संलग्न थप एकजना पक्राउ गरेको छ ।

शंख फुकेर प्रदर्शनलाई उत्तेजित बनाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । ‘वीर गोर्खाली मिडिया’ को अध्यक्ष बताउने ४६ वर्षीय मनोज सापकोटालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले पक्राउ गरेको हो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

एसपी अंगुर जीसीका अनुसार चैत १५ को राजावादी प्रदर्शनलाई हिंसात्मक बनाउने सिलसिलामा मञ्चमै गएर उनले अपिल गरेका थिए । मञ्चमा उभिएर उनले ‘अगाडि बढ्नुस्, यहाँ जनताले गोली खाइसक्यो, अश्रृग्याँस खाइसक्यो‘अब सडकमा जाऔं, यहाँ भाषण गर्ने होइन’ भन्दै शंख फुकेर प्रदर्शनलाई उत्तेजित बनाएका थिए ।

सिरहा मिर्चैया नगरपालिका–६, जिवाका स्थायी बासिन्दा उनी भक्तपुरको लोकन्थलीमा बस्दै आएका थिए । पक्राउ परेपछि उनले प्रहरीलाई आफू पत्रकार भएको बताएका थिए । आवश्यक कानूनी कारवाहीका निम्ति उनलाई जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको एसपी जिसीले जानकारी दिएका छन ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *