>

वैशाख १५ भित्र सदस्यता नवीकरणको काम टुंग्याउन ७७ जिल्ला कार्यसमितिलाई कांग्रेसको पत्र

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण गर्नको लागि १५ दिन म्याद थप गरेको छ । यसअघि चैत मसान्तभित्रै गरिसक्न निर्देशन दिए पनि विभिन्न जिल्लामा विवादको कारणले नटुंगिएकाले वैशाख १५ गतेसम्मको सीमा तोकेको हो।

महामन्त्री गगन थापाले ७७ जिल्ला कार्यसमितिलाई परिपत्र गर्दै समय थपेको जानकारी गराएका छन्। थपिएको समयमा अनिवार्य रूपमा नवीकरणको काम सक्न निर्देशन दिएका छन्।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

कांग्रेसले क्रियाशील सदस्यता नवीकरण गर्न दुई सय रुपैयाँका लिने व्यवस्था गरेको छ। कांग्रेसमा महाधिवेशन ताका सधैँ क्रियाशील सदस्यको लफडा गर्ने गरेको छ। तर, यसपटक महामन्त्री थापाले तोकेको समयमा नवीकरण नगरेपछि नहुने चेतावनी दिँदै आइरहेका छन्। उनले महामन्त्रीको मुख्य जिम्मेवारी संगठनलाई सुदृढ बनाउने भएकाले आफू अहिले त्यतातर्फ केन्द्रित भएको बताए।

उनले भने, ‘देशभरि हिँडिरहेको छु। संगठनलाई केही बल पुग्छ कि भनेर हो। केही समयअघि केन्द्रीय समितिको बैठकमा महामन्त्रीले क्रियाशील सदस्यताको जिम्मा लिएको छ काम केही भएन भनेर तारो बनाउनुभयो। मैले पहिला त सुने तर पछि मलाई असैह्य भयो। मैले उहाँहरूलाई उत्तर दिने बेलामा भने नेपालमा १६५ निर्वाचन क्षेत्र छ। त्यसमध्ये क्रियाशील सदस्यता नवीकरण गर्ने काम एउटा क्षेत्रले टुंग्याएको छ। त्यो काठमाडौं ४ हो भनेर जवाफ दिएँ।’

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *