>

भक्तपुरको प्रसिद्ध बिस्का जात्रा आजदेखि शुरु

काठमाडौं । भक्तपुरको प्रसिद्ध बिस्का जात्रा आजदेखि शुुरु हुँदै छ । आज पूजा सामग्री, सुकुन्दा र बाजागाजासमेत लिई भक्तपुरको सल्लाघारी च्वंगा गणेशस्थान जाने र त्यहाँबाट खड्ग ल्याई गुठी कार्यालय सूर्यविनायक भक्तपुर भित्रयाउने कार्यतालिका रहेको छ ।

जात्राको औपचारिक शुुरुवात भने बिहीबारदेखि हुनेछ । भक्तपुरको पाँचतले मन्दिर अगाडि राखेर बनाइएको भैरवनाथको रथ तानेर जात्रा शुुरु हुने परम्परा छ । बिहान पाँच बजे भैरवनाथको नित्य पूजा, ६ बजेदेखि आठ बजेसम्म भैरवनाथको पूजा सकिएपछि साँझ तीन बजेबाट भैरवनाथको रथ तान्न शुुरु गरिने जात्रा कार्यतालिका सार्वजनिक गरिएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

रथ तानेर साँझ पाँच बजेभित्र गन्तव्यस्थल गःहिटीमा पुर्‍याउने कार्यतालिका रहेको छ । प्रत्येक वर्ष नयाँ वर्षको चार दिन अगाडि भैरवनाथको रथ तानेर बिस्का जात्रा शुुरु हुन्छ । भक्तपुरको प्रसिद्ध पाँचतले मन्दिर अगाडि राखेर काठैकाठले बनाएको तीन तले भैरवनाथको रथलाई डोरीको सहायताले तानेर आठ दिन नौ रातसम्म जात्रा हुने गर्दछ ।

जात्रा वैशाख ५ गते यही रथ तानेर समापन हुने छ । प्यागोडा शैलीमा बनाइएको भैरवनाथको रथको दुवैतिर डोरी राखेर तान्ने गरिन्छ । पहिलो दिन भक्तपुर नगरको ठिक बिच भागमा रहेको पाँचतले मन्दिरमा राखेर बनाइएको रथलाई नगरको तल्लो साइटमा तानेर लैजाने गरिन्छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

जात्रालाई व्यवस्थित र सभ्यरूपमा सम्पन्न गर्न दिउँसो तीन बजेबाट रथ तानेर साँझ पाँच बजेभित्र विसर्जन गर्ने योजना बनाइएको छ । वर्षको अन्तिम दिन ल्योसिंखेलमा ५५ हात लामो लिंगो उठाउने र वैशाख १ गते ढाल्ने परम्परा जात्राको अर्काे आकर्षण हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *