>

सरकार नयाँ गर्भनर नियुक्तिको तयारीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्तिका लागि सिफारिस समितिले आज नाम सिफारिस गर्ने भएको छ । समितिले नाम सिफारिस गरेपछि सम्भवत आजै बस्ने मन्त्रिपरिषद बैठकले नयाँ गर्भनर नियुक्ति गर्ने सम्भावना रहेको छ ।

गभर्नर महाप्रसाद अधिकारी पाँच वर्षे कार्यकाल पूरा गरेर शुक्रबार बिदा भएसँगै सरकारले नयाँ गर्भनर नियुक्त गर्न लागेको हो । अर्थमन्त्री विष्णु पौडेल संयोजक तथा विश्व पौडेल र पूर्व गभर्नर विजयनाथ भट्टराई सदस्य रहेको समितिले तीन जनाको नाम सिफारिस गर्नेछ । तिमध्ये एकजना गर्भनर नियुक्त हुनेछन ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

नयाँ नियुक्तिका लागि सरकारले हालै मात्र अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्तिको मापदण्ड संशोधन गर्दै ६५ वर्षको यसअघिको सीमा हटाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *