>

देशको नेतृत्व गर्नेहरु विचौलियाहरुको खेलमा सहभागी छन्ः शेखर कोईराला

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद डा. शेखर कोईरालाले देशको नेतृत्व गर्नेहरु विचौलियाको खेलमा सहभागी बनेको आरोप लगाएका छन् ।

आईतवार काठमाडौंमा सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन् । सांसद कोईरालाले नेतृत्व तह नै विचौलियाहरुसँग मिल्दा देश विकासमा समस्या आइरहेको जिकिर गरे । कोईरालाले नेपाललाई समृद्ध बनाउन र नेपालमै गर्न सकिने भन्दै त्यसको लागि विचौलियाहरुबाट सचेत र शतर्क रहन जरुरी रहेको उल्लेख गरे ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

त्रिभूवन विश्वविद्यालयको उपकुलपतिबाट केशरजंग बरालले केही दिनअघि दिएको राजीनामाको बारेमा प्रसंग निकाल्दै कोईरालाले विचौलियाकै कारण काम गर्न नसकेर राजीनामा दिनुपरेको उल्लेख गरे ।

सांसद कोईरालाले संविधानमा सुधार गर्न जरुरी रहेको बताए । कोईरालाले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउँदाताका नै संविधानमा सुधार गर्नेकुरा उल्लेख गरिएको र प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री बनेपछि संसदको रोष्ट्रममा उभिएर संविधान संशोधनको कुरा गरेको स्मरण गराउँदै आवश्यक परिवर्तन जरुरी रहेको एललेख गरे ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

कांग्रेस—एमालेको सरकार बनेको ९ महिना बितिसक्दासमेत संविधान संशोधनतर्फ केन्द्रित नहुनु दुःखद् भएको उनको भनाई छ । देशको आर्थिक अवस्था नाजुक रहेको भन्दै सरकारले अर्थतन्त्र सुधारका लागि अध्यादेशमार्फत ऐन ल्याएको र सुधार हुने आशा रहेको कोइरालाको भनाई छ ।

त्यहाँ पनि विचौलियाको खेल हुनसक्ने आशंका कोईरालाको आशंका छ । राष्ट्र बैंकको गभर्नर बनाउन पनि विचौलियाहरु चलखेल गर्दैछन् भन्नेकुरा आइरहेको भन्दै त्यस्तो भएको हो भने देशकै लागि दुर्भाग्य हुने कोईरालाको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *