>

‘दाइलाई बीएण्डसीमा छाडेर आएका थियौं’

काठमाडौं । गत शुक्रबार काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी समुहको प्रर्दशन हिंसात्मक रुपमा परिर्वतन भएपछि भागेका उक्त आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाईं भक्तपुर, सिन्धुली हुँदै झापासम्म पुगेको प्रहरीले पत्ता लगाएको छ । काठमाण्डूको तीनकुनेमा प्रहरीलाई पेलेर गाडी हुइँक्याउँदै निषेधित क्षेत्र तोडेका प्रसाईंलगत्तै सुरक्षाकर्मीको नियन्त्रणमा आएका थिए ।

उनको बागमती प्रदेश ०२७ च ३८४७ नम्बरको गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । तर, प्रसाईंलाई प्रहरी कार्यालयतिर ल्याउने क्रममा भिड बढ्न थाल्यो र उनलाई सुरक्षागार्ड दिपक खड्का आफूतिर तान्न सफल भएका थिए । त्यसपछि प्रसाईं तीनकुनेबाट पेरिसडाँडा जाने बाटोमा सटरभित्र लुकेका थिए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

प्रसाईं सटरबाट निस्किएर अपराह्न ३ः २६ बजे बीएबी ४२०८ नम्बरको गाडीमा पेरिसडाँडा जाने बाटो हुँदै प्रदर्शनस्थलबाट निस्किएका थिए । त्यसपछि फरार भएका उनको यो गाडी प्रहरीले मोरङमा फेला परेको थियो । गाडीमा बसेका दुई जनालाई समेत प्रहरीले इटहरीबाट पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार, पक्राउ पर्नेमा गाडी धनी मुकुन्द दाहाल र चालक ईश्वर विक रहेका छन ।

प्रसाईं चढेको गाडीको फोटो सार्वजनिक भएपछि प्रहरीले यसका सञ्चालकलाई ट्र्याक गरेको थियो । त्यसक्रममा दाहाललाई इटहरीबाट उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाण्डूको टोलीले समातेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । यस्तै विकलाई पनि त्यहीँबाट नियन्त्रणमा लिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

‘शुक्रबार बेलुकीसम्म उनलाई समात्ने भन्ने स्पष्ट आदेश थिएन, त्यसैले उनले मौका पाए’, एक अनुसन्धान अधिकृत भन्छन्, प्रसाईं चढेको गाडी भने दाहालले मोरङस्थित आफ्नो ससुरालीमा लगेर राखेको पाइएको प्रहरी स्रोतले जानकारी दिएको छ । ‘त्यो गाडी पनि बरामद गरेका छौं’, स्रोतले भन्यो । काठमाण्डू ल्याएपछि पक्राउ परेका दाहाल र विकले आफूहरूले प्रसाईंलाई त्यहाँबाट सिधै झापा लगेको बयान दिएका छन् ।

‘बिहान साढे ५ बजेतिर उनीहरूले बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजमा पुर्‍याएको भनेका छन्’, स्रोतले भन्यो, ‘त्यहाँ छाडेर दुई जना इटहरीतिर फर्किएको बयान दिएका छन् ।’

अस्पतालमा कार्यरत एक जना कर्मचारीले समेत प्रसाईंलाई त्यहाँका गार्डहरूले ‘स्ल्युट’ गरेको देखेको भनेका छन् । पक्राउ परेका दुई जनालाई भने काठमाण्डू ल्याएर अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर, भद्रकालीको जिम्मा लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *