>

कञ्चनपुरमा मृतअवस्थामा भेटियो जङ्गली हात्ती

काठमाडौं । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलमा बिहीबार वयस्क भाले जङ्गली हात्ती मृतावस्थामा भेटिएको छ । सीमा क्षेत्र नजिकै नेपाली भूमिमा हात्ती मृतावस्थामा भेटिएको हो ।

हात्ती मृत फेला परेको घटनास्थलमा पशु चिकित्सकसहितको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोली पुगेर जाँच र अनुसन्धानको कार्य गरिरहेको वडाध्यक्ष हरिसिंह धनाडीले जानकारी दिएका छन ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

बिहान हात्ती मृतावस्थामा फेला परेपछि स्थानीय बासिन्दाले खबर गरेको उनले जानकारी दिएका छन । हात्तीको मृत्युको कारण भने खुल्न नसकेको पनि उनले जानकारी दिएका छन ।

उनका अनुसार हात्तीको उमेर ८ देखि १० वर्षको रहेको छ । दुई महिनाअघि मात्रै लालझाडी गाउँपाालिकाको जाँइमा पनि हात्ती मृतावस्थामा फेला परेको थियो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *