>

टोखाबाट ट्रकमा भेटिएको २५ करोडको मालिक पौडेल

काठमाडौं । काठमाडौंको टोखास्थित झोरमा ट्रकमा भेटिएको २५ करोड बराबरको डलर र युरोको मालिकको पहिचान खुलेको छ । प्रहरीको इन्टिलिजेन्स र विज्ञ अनुसन्धानबाट शंका गरिएका व्यक्तिको पहिचान खुलेको अनुसन्धानमा संग्लन प्रहरी अधिकारीहरुले जानकारी दिएका छन ।

प्रहरीका अुनसार उक्त सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई टोखा नगरपालिका–१० बस्ने नारायण पौडेलको रहेको खुलेको छ । गत चैत ४ गते राति ना ७ ख १६५२ नम्बरको ट्रकमा लुकाएर लाँदै गरेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोकका ४३ वर्षीय कुसान लामालाई पक्राउ गरेको थियो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

भोटेकोशी गाउँपालिका–१ का लामाले चालक सिट पछाडि फल्स बटम बनाएर रकम राखेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । प्रहरीको अहिलेसम्मको अनुसन्धाबाट उक्त रकम पौडेलले दिएको खुल्न आएको एक अधिकृतले जानकारी दिएका छन ।

पौडेललाई पक्राउ गर्नका लागि अदालतबाट पुर्जी जारी भइसकेको छ । चालक लामाको बैंक खाताको विवरण हेर्दा अस्वभाविक कारोबार देखिएको प्रहरीले जनाएको छ । जसको सीडीआर विश्लेषणबाट पौडेलको मोबाइलमा अन्तिम पटक सम्पर्क भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

काठमाडौं उपत्यका अनुसन्धान कार्यालय, टेकुले उक्त व्यक्तिलाई पक्राउ गरेर जिम्मा लगाउन प्रहरीलाई पत्राचार समेत गरेको छ । साथै, उनको मोबाइल नम्बरको सीडीआर विश्लेषण गर्दै अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

सीसीटीभी फुटेज र डिजिटल डिभाइको विश्लेषण, उनको घर, कारोबार स्थल, गोदाम लगायतका ठाउँमा प्रहरीले खानतलासी पनि गरेको छ । सो क्रममा विभिन्न दशी बरामद भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *