>

इजरायली दूतावासले मनायो तुलसी फाउन्डेसनमा सद्कार्य दिवस (फोटोफिचर)

ललितपुर । नेपालस्थित इजरायलको दूतावासले ललितपुरको तुलसी फाउन्डेसनमा बालबालिका र वृद्धवृद्धाहरूसँग सद्कार्य दिवस मनाएको छ । दूतावास परिवार तथा शालोम क्लब (इजरायलमा अध्ययन गरेका नेपाली पूर्वविद्यार्थीहरू) का सदस्यहरूले फाउन्डेसनका बालबालिका र वृद्धवृद्धाहरूसँग अन्तरक्रिया गर्दै सद्कार्य दिवस मनाएका हुन् ।

भोजन वितरण गरिएको थियो भने उनीहरु रमाइलो गतिविधिहरूमा संलग्न भएका थिए । आवश्यक खाद्य सामग्री, फलफूल र खेलौनाहरू समेत प्रदान गरिएका थियो । कार्यक्रममा राजदूत शमुलिक एरी बासलेभने, “टिकुन ओलाम” (विश्व सुधार) यहूदी धर्मको महत्वपूर्ण अवधारणा हो, जसले मानवताको उत्थान र जीवनस्तर सुधार्न प्रेरित गर्दछ। सन् २००७ मा इजरायलमा सुरुवात भएको ‘असल कर्म दिवस’ आज ११० भन्दा बढी देशहरूमा मनाइन्छ, जसमा नेपाल पनि सामेल छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

इजरायलको दूतावासले हरेक वर्ष ‘असल कर्म दिवस’ मनाउँदै आएको छ। यसले समाजप्रति इजरायलको सामाजिक उत्तरदायित्व र स्वयंसेवाको प्रतिबद्धतालाई झल्काउँछ। सद्कार्य दिवस भनेको समाजको हितका लागि समय, ऊर्जा र विशेषज्ञता स्वयंसेवा गर्दै सकारात्मक परिवर्तन ल्याउने परम्परा हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *