>

तीनकुने घटनाको अनुसन्धानका लागि रविन्द्र र धवललाई ५ दिनको म्याद थप

काठमाडौं । चैत १५ गते राजावादीको प्रदर्शनका क्रममा काठमाडौंको तीनकुनेमा भएको घटनाको अनुसन्धानका लागि पक्राउ परेका राप्रपाका महामन्त्री एवं सांसद धवल शमशेर राणा र वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई ५ दिनको मयाद थप गरिएको छ ।

उनीहरुलाई बयान पछि अनुसन्धानका लागि सरकारी वकिलको कार्यालय काठमाडौंले ५ दिनको म्याद थप गरेको प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनीहरुलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय काठमाडौंमा आजै उपस्थित गराइएको थियो । चैत १५ गते राजावादीले तीनकुनेमा गरेको प्रदर्शनका क्रममा एभिन्यूजका खबरकर्मी सुरेश रजक सहित २ जनाको ज्यान गएको थियो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

त्यस घटनाको अनुसन्धानका लागि भन्दै उनीहरुलाई पक्राउ गरिएको थियो । यसै गरी यो घटनामा आरोपित रहेका अन्य ४०जनालाई पनि म्याद थप गरिएको छ । यसैगरी अधिवक्ता स्वागत नेपाल लगायत केहीलाइृ भने हाजिरी जमानीमा छाडिएको छ ।

तीनकुने लगायत काठमाडौंका बिभिन्न क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा भौतिक संरचनामा तोडफोड, लुटपाट समेत मच्चाइएको थियो । सो घटनाका संयोजक रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाइँ भने फरार रहेका छन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

हिरासतबाट छुटे स्वागत नेपाल
राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाल हिरासतबाट छुटेका छन् । उनलाई प्रदर्शनस्थलमा नदेखिएको भन्दै प्रहरीले हाजिरी जमानीमा छाडेको हो । उनलाई प्रहरीले गत शुक्रबार पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *