>

विदेशी नागरिकले छाडे सिमली जङ्गल

घोडाघोडी (कैलाली), चैत १६ गते । कैलालीको घोडाघोडी नगरपालिका–९ को सिमली जङ्गलमा बस्दै आएका विदेशी पर्यटकले शुव्रmबार त्यो ठाउँ छाडेका छन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीले फागुन ८ गते २४ घण्टाभित्र ठाउँ छोड्न निर्देशन दिएको थियो तर उनीहरूले बल्ल शुव्रmबार ठाउँ छाडेका छन् । २८ दिन पहिले भारत, अमेरिका, चीन, जापानलगायत देशका १५० हाराहारीको सङ्ख्यामा विदेशी नागरिक जङ्गलमा बसोबास गरेर अस्वाभाविक गतिविधि गर्दै आएका थिए । स्थानीयले त्यसको गुनासो गरेपछि प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय प्रमुखसहितको समूहले स्थलगत अनुगमन गरी ठाउँ छोड्न निर्देशन दिएको थियो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले सरकारी जङ्गलमा कुनै पनि निकायबाट अनुमति नलिई बसेकाले उनीहरूलाई ठाउँ छोड्न २४ घण्टाको समय दिए पनि पर्यटन भिसामा आफूहरू नेपाल आएको र समुदायलाई असर पर्ने गरी कुनै काम नगरेको भन्दै उनीहरूले २८ दिनमा ठाउँ छोड्ने बताएका थिए ।

सिडियोको निर्देशनपछि इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरीको समूह उक्त ठाउँमा पुगेर खाली गराउने प्रयास गरेपछि केही दिनभित्र आफैँ छाडेर जाने भनेपछि प्रहरी खाली हात फर्केका थिए । उनीहरू त्यहाँ २८ दिन बस्ने गरी आएका थिए । उनीहरू शुव्रmबार आफ्नो गन्तव्यतिर लागेको घोडाघोडी नगरपालिकाका नगरप्रमुख खड्कबहादुर रावतले बताउनुभयो । उहाँले आफू जङ्गलमा पुग्दा उनीहरू जाने तयारीमा बन्दोबस्तीका सामान मिलाउँदै गरेको बताउनुभयो । उहाँले सिमली जङ्गलमा लामो समय विदेशीहरू बसे पनि कुनै असर पर्ने गतिविधि नगरेको बताउनुभयो । उनीहरूलाई बिदाइ गर्न नगरप्रमुख रावत वडा नम्बर ९ का वडाध्यक्ष हरिशचन्द्र शाह, पर्यटन व्यवसायीलगायत सिमली पुग्नुभएको थियो । विकीपिडियाका अनुसार रेन्बो फ्यामिली एक स्वतन्त्र, प्राकृतिक जीवनशैली अपनाउने र शान्तिको पक्षमा उभिने समुदाय हो । यसको इतिहास १९७० को दशकको अमेरिकी हिप्पी आन्दोलनबाट सुरु भएको र हाल यो विश्वभर फैलिएको छ । सन् १९८० र ९० को दशकमा अमेरिकाबाहिर युरोप, ल्याटिन अमेरिका र एसियामा पनि यस्ता जमघट हुन थालेको बताइन्छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

रेन्बो ग्यादरिङको उद्देश्य स्वतन्त्र, नियमविहीन, पैसारहित र समुदायमैत्री जीवनशैली अपनाउनु रहेको बताइन्छ । नेपालमा यसअघि अछामको रामारोशन, गुल्मीमा यो समुदायको जमघट भएको बताइन्छ । पर्यटन व्यवसायी डबल शाहले नेपालमा रेम्बो फ्यामिलीलाई सन् २०२५ मा घोडाघोडी ल्याउन पहल गर्नुभएको थियो । पर्यटन व्यवसायी शाहकै मध्यस्थतामा घोडाघोडी नगरपालिकाको आयोजनामा सांस्कृतिक आदानप्रदान कार्यव्रmमसमेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *