>

नेपाललाई थप ४ घण्टा विद्युत् आपूर्ति गर्न भारत सहमत

काठमाडौं । भारतले नेपाललाई थप ४ घण्टा विद्युत् आपूर्ति गर्ने सहमति जनाएको छ । ऊर्जा तथा परराष्ट्र तहको कूटनीतिक पहलपछि इन्डियन इनर्जी एक्सचेन्जमार्फत ६०० मेगावाट विद्युत् उपलब्ध गराउने स्वीकृति भारतले दिएको हो ।

विद्युत् आपूर्तिको लागि ढल्केर-मुजफ्फरपुर प्रसारण लाइन प्रयोग गरिनेछ । हालसम्म भारतले सोलर आवरमा १ सय ४ मेगावाट विद्युत् प्रदान गरिरहेको थियो, जसलाई थप वृद्धि गरी नयाँ समय तालिका लागू गर्ने तयारी गरिएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

नयाँ व्यवस्था अनुसार मध्यरातदेखि बिहान ४ बजेसम्म, बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म र राति ११ बजेदेखि १२ बजेसम्म विद्युत् उपलब्ध हुनेछ । साथै, टनकपुर-महेन्द्रनगर प्रसारण लाइनमार्फत थप ५४ मेगावाट विद्युत् आयात गर्न सकिने बताइएको छ ।

सुख्खा याममा विद्युत् अभाव हुन नदिन सरकारले भारतसँग अतिरिक्त आपूर्तिको माग गरेको थियो। पछिल्लो सहमतिले नेपालमा लोडसेडिङको सम्भावना टरेको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

हालै नेपाल विद्युत् प्राधिकरणमा नयाँ कार्यकारी निर्देशकको नियुक्ति सँगै लोडसेडिङबारे विभिन्न अडकलहरू चलेका थिए, तर भारतबाट थप विद्युत् आपूर्ति सुनिश्चित भएसँगै यी अडकलहरू निराधार देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *