>

अमृत साइन्स क्याम्पसमा एमाले निकट अनेरास्ववियुको प्यानलनै विजयी

काठमाडौं । अमृत साइन्स क्याम्पस (अस्कल)मा आज (आइतबार) भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववयिुको प्यानलनै विजयी भएको छ ।

अस्कलको स्ववियु सभापतिमा अनेरास्ववियुका रुद्रहरी पोखरेल विजयी भएका हुन ।नेविसंघका राजु मास्टर (लामिछाने) र क्रान्तिकारीका विश्राम शर्मालाई हराउँदै पाखरेलको प्यानलै विजयी भएको हो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

आज भएको मतदानमा १२ सय ९१ मत खसेको थियो। त्यहाँ १९४८ मतदाता रहेको थिए । सभापति पोखरेले ३२६ मतान्तरले विजयी भएका हुन । यस्तै सचिवमा अनेरास्ववियुकै गोपाल वहादुर शाही र कोषाध्यक्षमा पनि अनेरास्ववियुकै विवेक कोइराला निर्वाचित भएका हुन । अस्कलमा चैत ५ गतेका लागि तोकिएको निर्वाचन स्थगित भएपछि आज निर्वाचन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *