काठमाडौं । अमेरिकाले भेनेजुएलाको आपराधिक गिरोहका २ सय ३८ सदस्यलाई डिर्पोटेशन योजनाअन्तर्गत एल साल्भाडोर फिर्ता पठाएको छ ।
भेनेजुएलाका आपराधिक समूह ट्रेन दि आरागुवाका २ सय ३८ जना सदस्यलाई अमेरिकाले फिर्ता पठाएको हो । त्यसमध्ये २३ जना अन्तर्राष्ट्रिय गिरोह एम–एस–२३ का सदस्य रहेको बताइएको छ । फिर्ता पठाइएका अपराधिक समूहका सदस्यहरुको विस्तृत विवरण भने सार्वजनिक भएको छैन ।
अमेरिकी संघीय अदालतका न्यायधिसले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई निर्वासन प्रक्रियालाई रोक लगाउन आदेश दिएपनि ट्रम्प प्रशासनले उनीहरुलाई फिर्ता गरेको हो । एल साल्भाडोरका राष्ट्रपति बुकेलेले अमेरिकाबाट फिताए गरिएका व्यक्तिलाई तत्कालै अल–साल्भाडोरका कुख्यात कारागारमा राखिने बताए ।
सो कारागारलाई आतंकबादी बन्दीगृह केन्द्र मानिन्छ । उनीहरुलाई कारागारमा एक वर्षसम्मका लागि राखिने र पछि समयावधि थप गरिने बताइएको छ । फिर्ता पठाइएका व्यक्तिहरुको हेरचाहका लागि अमेरिकाले कम रकम प्रदान गर्नेछ ।
अल साल्भाडोरका राष्ट्रपतिको उक्त कदमलाई अमेरिकी विदेश मन्त्री मार्को रुबियोले समेत प्रशंसा गरेको छ ।