>

नेपाल राजनीतिक परिवर्तनको संघारमा रहेको अध्यक्ष लिङदेनको दाबी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको राजनीतिक व्यवस्था परिवर्तनको संघारमा पुगेको दाबी गरेका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै लिङदेनले राजसंस्था र लोकतन्त्र एक अर्काको विरोधी नभएको बताए । अध्यक्ष लिङ्देनले वर्तमान राजनीतिमा जनताले राखेको भावनालाई राजतन्त्र रोज्ने कि प्रजातन्त्र रोज्ने भनेर सञ्चारमाध्यमहरुले भ्रम सिर्जना गरेको आरोप लगाए । अध्यक्ष लिङ्देनले राजसंस्था र प्रजातन्त्र एकआपसमा परिपूरक भएको भन्दै सञ्चार माध्यमहरुले उचित सुझाव दिएर आफ्नो कर्तव्य पूरा गर्नुपर्ने बताए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

अध्यक्ष लिङदेनले प्रजातन्त्रको जननी बेलायतमा पनि सयौँ वर्षदेखि राजसंस्था कायम रहेको भन्दै नेपालमा संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र र हिन्दु राष्ट्र कायम हुने जिकिर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *