>

एमाले नेता एवं कालिका गाउँपालिका पूर्वअध्यक्ष पौडेलद्वारा पार्टी परित्याग

काठमाडौं । एमाले रसुवा जिल्ला समिति सदस्य एवं कालिका गाउँपालिकाकी पूर्वअध्यक्ष सीताकुमारी पौडेल अधिकारीले पार्टी परित्याग गरेकी छन् ।

उनले सामाजिक सञ्जालमार्फत आफूले एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टी त्याग गरेको घोषणा गरेकी हुन् । ‘म आजका मितिदेखि नेकपा एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्यागको घोषणा गर्दछु’, पौडेलले भनेकी छन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

आफ्नो व्यक्तिगत स्वतन्त्रता भएकाले कसैलाई पनि टिकाटिप्पणी नगरिदिन उनले आग्रह गरेकी छन् । अधिकारी ०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट कालिका गाउँपालिका अध्यक्ष निर्वाचित भएकी थिइन् ।

पूर्वसंविधानसभा सदस्य तथा जिल्ला अध्यक्ष जनार्दन ढकालले केही दिनअघि एमाले छाडेका थिए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *