>

होली मर्यादित र सभ्य भएर मनाउन प्रशासनको अनुरोध

काठमाडौं । काठमाडौं उपत्यकाका तीन वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर प्रशासन कार्यालयले मर्यादित र सभ्य भएर फागू पर्व मनाउन सबैमा अनुरोध गरेका छन् ।

प्रशासनसले सूचना जारी गर्दै उच्छृङ्खल र तडकभडक नभई शान्तिपूर्ण रूपमा पर्व मनाउन सबैमा अनुरोध गरेको हो । सूचनामा ‘सामाजिक व्यवहार सुधार ऐन तथा नियमावली,ले धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वहरू मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको स्मरण गराइएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

फागूमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवं झैझगडा, मादक पदार्थको सेवन गरी पारिवारिक एवं सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्तिमा खलल पार्ने काम नगर्न प्रशासनले जनाएको छ ।

कसैको इच्छाविपरीत रङ एवं पानीको लोला हान्ने, पानीको फोहोरा हान्ने, जबर्जस्ती रङ दल्ने काम नगर्न र अति उत्तेजित भई भागदौड गर्दा दुर्घटनामा परी ज्यानसमेत जान सक्ने हुँदा यस्ता अमर्यादित कार्य नगर्न नगराउन प्रशासनले आग्रह गरेको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

यस्तै, ललितपुर र भक्तपुर प्रशासनले पनि छुट्टाछुट्टै सूचना जारी गरी होली पर्व शान्तिपूर्ण र संस्कृति अनुसार सभ्य भएर मनाउन आग्रह गरेका छन् । यही फागुन २९ गते पहाडमा र चैत १ गते तराईमा होली पर्व मनाइँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *